काठमाडौँ – सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ घर भएका ४५ वर्षीय लक्ष्मीदास श्रेष्ठ भक्तपुरको सुर्यबिनायक नगरपालिका ९ पलासेमा मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले दिएको जानकारी अनुसार हिजो राति करिब ८ बजे सुर्यविनायक पलासेस्थित गणेश बाल विकास स्कुल नजिकैको खोल्सामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

उनि दिउँसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्ने गरेको डिएसपी गिरीले बताएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनि दिउँसो काम गरेर फर्कदाँ मादक पदार्थ सेवन गरेको र आफैँ खोल्सामा लडि मृत्यु भएको जनाएकोे छ । घटनाको बारेमा थप अनुसन्धान गर्न पोष्टमार्टको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको डिएसपी गिरीले बताएका छन् ।