gold-rep-1-1597403235.jpg

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा चार सयका दरले बृद्धि भएको छ । आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै अघिल्लो दिन ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।