ox-fight-at-tharaka-2077-3.jpg

नुवाकोट —माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ ।

गोरु जुधाउन फाँटमा लैजाने क्रममा एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो । त्यसैक्रममा तीन जना घाइते भएका छन् ।

तारुकामा हरेक वर्ष मकर सङ्क्रान्तिका दिन गोरु जुधाउने गरिन्छ । गोरु जुधाइ हेर्न धादिङ, काठमाडौं, चितवन लगायतका ठाउँबाट समेत दर्शकहरुको ठूलो भीड लाग्ने गर्दछ ।