coronavirus-blue.jpg

काठमाडौं – देशभर आज ४ सय ३ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ । यस्तै नेपालमा आज थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङख्या १ हजार ९ सय ४३ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर १ सय ५२ जना कोरोना सङ्क्रमितको आईसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओदलढुङ्गाका १, खोटाङका १, झापामा २, ताप्लेजुङका १, धनकुटाका १, मोरङमा ८, सुनसरीमा ४, धनुषाका १, काठमाडौँमा २२०, काभ्रेमा २, चितवनमा ४, धादिङमा १, नुवाकोटमा ११, भक्तपुरमा ३, मकवानपुरमा ७, ललितपुरमा २३ र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ३२, गोरखामा १, तनहुँमा ५, पर्वतमा २, म्याग्दीमा ६, लमजुङमा ९, बागलुङमा ६, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, दाङमा ५, पाल्पामा ४, प्युठानमा १, बर्दियामा ५, बाँकेमा ३२, रकुमपुर्वमा १, रुपन्देहीमा ९, सल्यानमा ३, सुर्खेतमा ५, अछाममा १, कञ्चनपुरमा १ तथा बझाङमा ६ जना सङ्क्रमित भेटिएका छन् ।