wp5429972.jpg

काठमाडौं – चलचित्रका नायक थलापति विजयी र विजय सेतुपति अभिनित चलचित्र ‘मास्टर’ले विश्वभरमा पहिलो दिनमै ४० करोड रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ । कोरोना भाइरस महामारीको समयमा चलचित्र रिलिज भएको पहिलो दिनमा नै यति धेरै व्यापार गर्ने यो पहिलो चलचित्र रहेकोे छ । लोकेश नागराजद्वारा निर्देशित चलचित्र बुधबार तमिल, तेलगु र कन्नड भाषामा रिलिज भएको थियो । बिहीबार सो चलचित्र हिन्दी भर्जनमा पनि सिनेमा घरमा रिलिज भएको छ । उक्त चलचित्रले तमिलनाडुमा मात्रै २३ करोडभन्दा धेरैका् व्यापार गरेको हो । भरतीय संचारमाध्यमका अनुसार ‘मास्टर’ चलचित्रले केरल र कर्नाटकमा ३.३ करोड भन्दा धेरै व्यापार गरेको बताएका छन् ।