3.jpg

काठमाडौं – एउटा बैंकको एटीएम कार्ड र अर्को बैंकको एटीएम बुथ प्रयोग गरेर गरिने (अन्तरबैंक) एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले लागु गरेको छ । राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउने भएका छन् । तर महिनामा २ पटकसम्म हुने कारोबारका हकमा यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र रहेको छ । राष्ट्र बैंकले शुल्क लिन पाउने व्यवस्था गरेता पनि केही बैंकहरुले भने सेवामा शुल्क नलिने तयारी गरेका छन् ।