china.jpg

काठमाडौं – कोरोना भाइरसको उदगम स्थल वुहानमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को टोली कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्नका लागि चीनको वुहान शहर गएको छ । चीन सरकार र डब्लुएचओबिच भएको लामो वार्तापछि अन्तर्राष्ट्रिय विज्ञहरुको टोलीले वुहान शहर प्रवेशका लागि अनुमति पाएको हो । १० वैज्ञानिकहरुको टोलीले अनुसन्धान संस्थाका अधिकारी, अस्पताल तथा सिफुड मार्केटका प्रतिनिधिसँग छलफल गर्ने छन् । सन् २०१९ को अन्त्यतिर बाट चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको महामारी त्यसपछि विश्वभर फैलिएको हो । उत्पतीको वास्तविकता केहो भनी जानकारी लिनका लागि अनुसन्धान टोली आज बिहान वुहान शहर पुगेको छ ।