sun_chadi.jpg

काठमाडौं – आज सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ । महासंघका अनुसार हिजो तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेकोे छ । हिजो तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर आज १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।