ezgif-3-c8c1a2309843.jpg

काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८, शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिइ अरुको नाममा पास गरिदिएको खुलासा भएको छ । उनको नाममा रहेको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेको तथ्य खुलेकोे छ । सौगात रावतसँग आफनो नाममा रहेको पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षितनै रहेको छ ।

जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र पूर्वतिर आफनो घर बताउने सन्तोष ठाकुरको मिलेमतोमा रावतको जग्गा अरुलाई बेचेको आरोप छ । आरोपित सावदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जानकारी दिएको छ । उनलाई हिजो साँझ नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । यसबारे थप अनुसन्धान सुरुभइरहेकोे प्रहरीले बतएको छ ।