Mr._Pradeep_Kumar_Gyawali.jpg

काठमाडौं – नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज नयाँदिल्ली जान लागेका छन् । बैठक ३ दिनसम्म हुने छ । परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशङ्करले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयका बारेमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारीहरु पनी छन् । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।