thumb.php.jpg

काठमाडौं – ढिलो गरि चिनियाँ पक्षले लिमीका लागि पठाएको सामान हिमपात परी सवारी साधन सञ्चालनमा आउन नसकदा लिमीका लागि आउने दैनिक उपभोग्य सामान नेपाल र चीनको सिमाना लाप्चा नाकामा रोकिएको छ । चीनको ताक्लाकोटबाट लिमीका तील, हल्जी र जाङ गाउँका लागि ल्याउँदै गरिएकादुई टिप्पर सामान हिमपातपछि लाप्चा क्षेत्रमानै रोकिएका छन् । यो वर्ष सामान लिमी नआएको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका अध्यक्ष पाल्जोर तामाङले जानकारी दिएका छन् ।

सामान आएको पछिल्लो दिन लिमीका स्थानीय नेपाली टिप्पर लिएर लाप्चा जाने तयारीमा रहेतापनी हिमपातका कारण जान नसकिएको र सामान उतै रोकिएको उनले बताएका छन् । उक्त सामान लाप्चासम्म चिनियाँ पक्षले ल्याएर खसालेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण नाका बन्द हुँदा लिमीका स्थानीय ताक्लाकोटमा जान नपाए पनि सामानका लागि पैसा जम्मा गरि पठाएपछि सामान सीमासम्म आएको हो । पैसा ताक्लाकोटमा पुगेपछि चिनियाँ व्यापारीले सामान खरिद गरेर टिप्परमा लाप्चासम्म ढुवानी गरने गरेका हुन् ।

लत्ता कपडा, दैनिक उपभोग्य सामान र विकास निर्माणका सामानमा चीनमा निर्भर लिमीका बासिन्दाका लागि यसपाली दैनिक उपभोग्य सामान मात्र लाप्चासम्म आई पुगेको वडा अध्यक्ष तामाङले जानकारी दिउका छन् । अहिले लाप्चा आएका सामानमा मैदा, तेल, घ्यु, चिया लगायता सामानहरु रहेका छन् ।