dinesh-chandra-yadav-2-.jpg

काठमाडौं – भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा यादवको आज बिहान मृत्यु भएको छ । उनी नेकपा बाँकेका इञ्चार्ज पनी थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत रहेका पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवलाई यही पुस १२ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भोलिपल्टै उनलाई उपचारका हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनी मधुमेहबाट समेत पीडित थिए उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेकोे थियो ।