Mauricio-Pochettino-1.jpg

काठमाडौं – पेरिस सेन्ट–जर्मेन पिएसजीले प्रशिक्षकका रुपमा माउरिसिओ पोकेतिनोले पहिलो उपाधि हातपार्न सफल भएका छन् । उनले प्रशिक्षकका रुपमा पनि पहिलो उपाधि जितेका छन् । बुधबार राति भएको खेलमा जित निकाल्दै पोकेतिनोको पिएसजीले ट्रोफी डेस च्यापियन्सको उपाधि हातपरेकोे छ । पिएसजीले मार्सेइलीलाई पराजित गरी उपाधि जितन सफल भएको हो । पिएसजीको प्रशिक्षकका रुपमा तेस्रो खेलमानैै उनले उपाधि जितेका हुन् । पिएसजीका लागि माउरो आइकार्डी र नेइमारले गोल गरेका थिए, भर्ने मार्सेइलीका लागि दिमित्री पेयटले एक गोल फर्काएका थिए ।