ezgif-3-0786025236a6.jpg

काठमाडौं – रत्नपार्क–भद्रकाली सडकखण्डमा आज बिहान बा ३ ख ४४३७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुल नजिकै चन्द्रागिरि यातायातको बस सडकमै पल्टिएको हो । बसमा ३ जना यात्रुहरु सवार थिए । दुर्घटनामा चालक र एक जना बच्चा घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते चालकको अवस्था भर्ने गम्भीर रहेको छ । प्रहरीको भनाई अनुसार बसमा सवार रहेका अर्का एक व्यक्ति सम्पर्कमा आएका छैनन् । र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । बस कसरी दुर्घटना भयो भन्ने कारण अझै खुलेको छैन । व्यस्त सडकमा बस पल्टिएपछि सवारी साधन आवागमन प्रभावित भएको छ । बसलाई सडकबाट हटाउने प्रयास भइरहेको छ ।