corona death web.jpg

काठमाडौं – आज देशभर ४ सय ४५ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगैं देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । यस्तै आज थप ५ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ९ सय ३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप ४ सय १४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यो सङ्ख्या सँगै हालसम्म डिस्चार्ज हुनेको कुल सङ्ख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ । आज देशभर ४ हजार १ सय ५४ पीसीआर परीक्षण भएको छ ।