Nepal-Stock-Exchange.jpg

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम दिन आज सेयर बजार नेप्से परिसूचक १८ दशमलब ८१ अङ्कले वृद्वि भई २ हजार २ सय ८६ दशमलब ५४ विन्दुमा पुगेको छ । आज कुल ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बजारमा १ सय ७५ कम्पनीको सेयर कारोबार भएको छ, जसमध्ये १ सय २९ कम्पनीको सेयरमूल्य बढेको छ, र ३८ कम्पनीको मूल्य घट्दा बाँकी ८ कम्पनीको मूल्य भर्ने स्थिरनै रहेको छ । मजरामा रहेका १२ वटा उपसूचकमध्ये वाणिज्य बैंक र होटल समूहका उपसूचक बाहेक अन्य सबै उपसूचकहरु आज वृद्विभएका छन् ।

बजारमा आज कर्पोरेट डेभलपमेन्ट बैंक, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक इन्फिनिटी लघुवित्त, आरम्भ चौतारी लघुवित्त, र गुडविल फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मल्टिपल फिनान्स कम्पनीले सर्वाधिक ४ दशमलब ७१ प्रतिशत सेयरमूल्य गुमाएको छ । आजकोयो कारोबार पछि नेप्सेको परिसूचकको बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यो पुँजीकरण अहिलेसम्मकै सबैभन्दा धेरै रहेको छ ।