lisa_ywueflORoL.jpg

काठमाडौं – अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक महिलालाई अमेरिकी संघीय कानुन बमोजिम एक गर्भवती आमालाई हत्या गरेको आरोपमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई मृत्युदण्ड दिइएको छ । उनलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जानकारी गराएको छ ।

मन्टगमेरीलाई इन्डियाना राज्यको टेरी हट कारागार राखिएको थियो । मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीय एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् । अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घण्टापछि नै उनलाई मृत्युदण्ड दिइएको होे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा सङ्लग्नलाई कानुन बमोजिम मृत्युदण्ड दिनेगरी आदेश जारी गरेका हुन् ।