Aago.jpg

काठमाडौं – सुर्खेत जिल्लाको नरहरिनाथ गाउँपालिका – ७ दुधेली स्थित भैरे बटालाले घरायसी विवादमा आफ्नो घरमा आगो लगाउँदा दुई छोराको आगोमा जलेर मृत्यु भएको छ, भर्ने एउटा छोरा घाइते भएको । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले बताएका छन् ।

डीएसपी शाहले जानकारी दिएअनुसार आगोले जलेर मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र ७ वर्षीय मनबहादुर बटाला रहेका छन् । भर्ने अर्का ४ वर्षीय छोरा खगेन्द्र बटाला सोहि आगोमा जलि घाइते भएका छन् । घाइते भएका खगेन्द्रको नरहरिनाथ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

अत्याधिक मदिरा सेवन गरेका भैरेले आज बिहान घरायसी झगडाका कारण आगो लगाएको जिल्ला प्रहरी काार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनले घरमा आगो लगाए लगतैं बिष सेवन गरेका थिए । अहिले उनको उपचार भैहरको र उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।