images.jpg

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैंयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जानकारी दिएको छ । महासङ्घका अनुसार हिजो तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रुपैंयाले बढेर तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदी हिजो तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो भर्ने आज १० रुपैंयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ ।