School-Recunstruction-at-Gulmi.jpg

काठमाडौं – २०७२ सालमा गएको भूकम्पबाट क्षेतिग्रस्त गुल्मीमा अवस्थित विद्यालयहरुमध्ये १ सय २४ वटा विद्यालयको पुनर्निर्माणको काम सम्पन्न भैंसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए अनुसार, भूकम्प गएको पाँच वर्ष बितिसक्दा अहिलेसम्म १ सय २४ वटा विद्यालय भवनहरुका २ सय ७४ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य सकिएको छ ।

इकाइ प्रमुख पन्थीको भनाइ अनुसार गुल्मी जिल्लामा अहिले ६२ वटा विद्यालय भवनका २ सय ९ वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेका छन् । जसमा ४ वटा कोठा भएका विद्यालय भवन ४० वटा, ३ कोठाका विद्यालय भवन ५ र २ वटा कोठा भएका विद्यालय भवन १७ वटा छन् । केन्द्रबाट प्राप्त कार्यक्रम थोरै र जिल्लामा प्रभावित भएका विद्यालयहरु धेरै भएको हुनाले विद्यालय पुनर्निर्माणको काम अझै बाँकी रहेको इकाइ प्रमुख पन्थीले जानकारी दिएका छन् ।