_116493900_trumpp2.jpg

अमेरिका —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानलमा युट्युब च्यानलले प्रतिबन्ध लगाएको छ । आफ्नो नीति नियम उल्लङ्घन गरेको भन्दै अल्फाबेट इंकको युट्युबले राष्ट्रपति ट्रम्पको च्यानलमा प्रतिबन्ध लगाएको हो । गएको बुधबार संसद भवनमा ट्रम्पका समर्थकले गरेको हिंसात्मक आक्रमण तथा ट्रम्पको भाषणलाई लिएर उनको च्यानलमा कम्तिमा सात दिनका लागि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध अनुसार ट्रम्पको च्यानलले अब नयाँ भिडियो अपलोड गर्न तथा भिडियो लाइभ गर्न पाउने छैन । अहिले यो प्रतिबन्ध सात दिनका लागि रहे पनि लम्बिन सक्ने युट्युबले जनाएको छ ।