traffic.jpg

काठमाडौं –उपत्यकाको विभिन्न स्थानमा जडान गरीएका ट्राफिक बत्तीहरुलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानगर्ने गरी तयारी अघाडी बढाएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी साधनको चापको आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जानकारी दिएको छ । हालसम्म सम्पुर्ण चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएको थियो । त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिएका छन् । अहिलेसम्म कुन–कुन समयमा कुन रङको बत्ती कति समय सम्म बल्ने भन्ने ट्राफिक प्रहरीले आर्फैले निर्धारण गर्दै आएका छन् । ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले भने, अहिलेसम्म ट्राफिकले सवारी चाप हेरेर कतातिरको सडकमा कति समय सम्म रातो बाल्ने भन्ने निर्धारण गर्दथे भने अब सोही काम उपकरणले आफै गर्नेछ ।

‘स्मार्ट’ ट्राफिक बत्ती विभागले नेपलमा पहिलोपटक व्यवस्थापन शुरु गर्न लागेको छ । चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने प्रमुख ओझाले जानकारी दिएका छन् । उनको भनाइअनुसार डिजाइन भइसकेपछि खरिद प्रक्रिया अघि बढाइनेछ । एक दशक पहिले उपत्यकामा अवस्थित केही चोकमा बत्तीहरु जडान भएता पनि ती बत्तीले काम गरेका थिएनन् । विभागले २ वर्ष अघि देखि सवारी साधनको चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ । चालु आथिक बर्षमा ५ वटा चोकमा जडान गर्ने र आगामी आथिक बर्षमा सात ठाउँमा इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम जडान गर्ने तयारी गरिएको छ ।

काठमाडौं उपत्यकाका पालिकाले पनि आवश्यक स्थानमा बर्ती जडान गरेका छन् । ट्राफिक प्रहरीले हेरेर व्यवस्थापन गर्दा कतिपय चोकहरुमा सवारी साधनको चाप कम भएका सडकतर्फ धेरै समयसम्म हरियो बत्ती बल्ने र सवारी साधनको चाप बढि भएका सडकतर्फ कम समय सम्मका लागि बलेको देख्न सकिन्छ । चोक–चोकमा हुने सवारी चाप व्यवस्थापनका लागि अहिले ट्राफिक बत्तीले सहयोग गरेकामा स्मार्ट प्रणालीले थप व्यवस्थापन हुने भएको छ ।