arrest_1.jpg

काठमाडौं – महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साहलाई लागुऔषध गाँजासहित सर्लाहीमा प्रहरीले पक्राउ गरेको छ । ज.११ प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह र उनकि श्रीमतिलाई ईश्वरपुर नगरपालिका –१३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले बताएका छन् । मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद गरी नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको डीएसपी कुँवरले जानकारी दिएका छन् ।