pogwa.gif

काठमाडौं – इ प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड फुटबलको शीर्ष स्थानमा पुगेकोे छ । पउल पोग्बाले गरेको गोलको मद्दतमा हिजो राति भएको खेलमा बर्नलीलाई १ शुन्य गोलको अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुगेको छ । बर्नलीको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले दोस्रो हाफमा एक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गरेका हुन् ।

जितपछि १७ खेलबाट ३६ अङ्क जोडेको युनाइटेड अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । युनाइटेडले लिभरपुललाई ३ अङ्कको गोल अन्तरले पछि पार्दै युनाइटेड शीर्ष स्थानमा पुगेको हो । पराजित बर्नली १६ अङ्कका साथ १६ औं स्थानमा पुगेको छ ।