फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्रीको सिफारिसमा पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सोको बदर माग गर्दै परेका रिटहरुको सुनुवाईका लागि बनाइएको संवैधानिक इजलास विवादित बन्दै आएको आएको छ । न्यायाशीश हरिकृष्ण कार्कीले आफु इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायाधीश सपना प्रधान मल्ललाई ल्याउनु भएको छ ।

सर्वोच्चमा आज बुधबारदेखि प्रतिनिधिसभा विघटनविरुद्ध सम्बन्धी परेका रिटको सुनुवाई हुँदैछ । गत बुधबारदेखि नै यी रिटमाथि सुनुवाई सुरु हुने भनिए पनि तोकिएको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको सहभागितालाई लिएर अधिवक्ताहरुले आपत्ति जनाएका थिए । न्यायाशीध कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेपछि आज बुधबारका लागि पेशी तोकिएको हो ।

न्यायाधीश कार्की केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्तामा नियुक्त हुनुभएको थियो । संवैधानिक इजलासमा न्यायाधीश कार्की सहभागी हुन नहुने भन्दै अधिवक्ताहरुले विरोध गरेपछि न्यायाधीश कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गर्नुभएको थियो । त्यसपछि उक्त स्थानमा न्यायाधीश सपना मल्ल प्रधानलाई ल्याइएको हो ।

आजको इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, तेजबहादुर केसी, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान सम्मिलित इजलासमा सुनुवाई हुने हुँदैछ । न्यायाशीध प्रधान यस अघि तात्कालीन नेकपा एमालेको तर्फबाट संविधानसभाको सदस्य हुनुहुन्थ्यो । न्यायाशीध प्रधानलाई इजलासमा ल्याए पछि संवैधानिक इजलास पुनः विवादमा बल्झिन सक्ने कानुन व्यवसायीहरुले बताएका छन् ।