nepal-2.jpg

काठमाडौं – आज देशभर ४ सय ३० जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३ सय ९० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको कुल सङ्ख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ । यस्तै आज देशभर ५ जना कारोना सङ्क्रमितको मृत्यु भएको छ । आजको यो सङ्ख्या सङ्गै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ९ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर ४ हजार ४ सय ८ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर गरी ५ हजार ३ सय पीसीआर परीक्षण गरीएको छ ।