kalo-jhanda.jpg

काठमाडौं – नेकपा (ओली पक्ष ) द्वारा आयोजित गरिएको सभालाई सम्बोधन गर्न आज बझाङ जिल्लाको चैनपुरमा पुगेका सामान्य प्रशासन मन्त्री गणेश ठगुनालाई प्रचण्ड – नेपाल निकट अनेरास्ववियूले कालो झण्डा देखाई विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमका विरुद्धमा उनीहरुले सडकमा कालो झण्डा देखाई टायर बालेर विरोध गरेका हुन । मन्त्री ठगुन्नाको टोलीमा सांसद भैरवबहादुर सिंह , सत्तापक्षीय अनेरास्ववियूका संयोजक ऐन महर लगायतका व्याक्तिहरु रहेका थिए । अनेरास्ववियूले प्रतिगामी कदम चालेको भन्दै सङ्घीय सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेका हुन् ।