death-body.jpg

सप्तरी – सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेको आक्रमण बाट मृत्यु भएको छ । सप्तरीका प्रहरी प्रबक्ता भुवनेश्वर साहका अनुसार आफ्नै घर अगाडिको बाटोमा हिडिरहेको अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले उनलाई पछाडिबाट आक्रमण गर्दा गम्भीर रुपमा घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको छ ।