
सुनसरी – एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्दै गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गर्ने कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार मनसुरीले एटिएम बुथमा तोडफोड गर्ने प्रयास गरेको सिसीटिभी फुटेजको आधारमा सुभानलाई धरान उपमहानगरपालिका–१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो ।