
काठमाडौं – संसद विघटनविरुद्ध विवेकशील पार्टीले आज माइतीघरमा दाँत माझेर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि राष्ट्रियसभाको रोष्ट्रममा उभिएर ‘थुकेको’ घटनाको पनि प्रतिकात्मक रुपमा विरोध गरेको छ । जथाभावी थुक्नु स्वास्थ्यको लागि हानिकारक सँगै सार्वजनिक शिष्टताको हिसाबले पनि उचित नहुनेभन्दै विवेकशील पार्टीले आज काठमाडौंको माइतिघरमा थुक्ने भाँडोसहित प्रदर्शन गरेको छ । विवेकशील पार्टीले माइतीघर मण्डलमा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवाद विरुद्ध दैनिक रुपमा प्रदर्शन गरिरहेको छ ।