ezgif-7-770ed311df03.jpg

काठमाडौं – उपत्यकाको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका छन । उनले सामाजिक सञ्जालमार्फत सोही क्याम्पसमा अध्यानरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा हिजो उनलाई कलेजबाटै प्रहरिले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए, उनलाई आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा पक्राउ गरिएको हो । प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरीएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सिंहले बताएका छन् ।