
काठमाडौं – फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार प्रिमियर लिगका दुई चर्चित क्ब म्यानचेष्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा नै खेल्ने भएका छन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेडले १२ पटक उपाधि जित्दा लिभरपुलले ८ पटक उपाधि जितेको छ ।
यस्तै साविकको विजेता तथा सर्वाधिक १४ पटक उपाधि जितेको आर्सनलले चौथो चरणमा साउथह्याम्पटन र श्रेवसबरीबीचको विजेतासङ्ग खेल्ने भएको छ । यस्तै म्यानचेष्टर सिटी, चेल्सी टोटहमलाई सहज प्रतिद्वन्दी परेको छ । सिटीले चौथो श्रेणीको चेल्टनहम टाउनसङ्ग खेल्ने छ, भने चेल्सीले दोस्रो श्रेणीको लुटन टाउन सँग खेल्ने भएको छ । यस्तै टोटनहमले दोस्रो श्रेणीको वाएकोम्बेसङ्ग खेल्ने छ । यस्तै एभरटनले दोस्रो श्रेणीको शेफिल्ड वेन्सडे तथा लेस्टर सिटीले दोस्रो श्रेणीकै ब्रेन्टफवर्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । चौथो चरणका खेलहरु जनवरी २३/२४ मा खेलाइने भएको छ ।