naya-bajar-sun-chadi-gahana.jpg

काठमाडौं – आज साताको तेस्रो दिन नेपालि बजारमा सुनको मूल्य वृद्वि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । हिजो तोलामा आठ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ ।

आज नेपालमा सुन तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आनकारी दिएको छ । यस्तै आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।