ezgif-7-9629dc8d03e7.jpg

काठमाडौं – भारतका नौ राज्यमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ, केही राज्यमा भने परीक्षणको नतिजा समेत आउन बाँकी छ भारतमा बर्ड फ्लुको प्रकोप दिनौं बढ्दो क्रममा देखिदै गएको छ । । भारतको महाराष्ट्र र दिल्लीमा पनि बर्ड फ्लुको सङ्क्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । बर्ड फ्लुको सङ्क्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल कुखुराको बजार पूर्णरुपमा बन्द गरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण २ सय चरा मरेका थिए । जसमध्ये धेरैजसो काग रहेका थिए ।

बर्ड फ्लुको सङ्क्रमण देखिएसँगै मानिसहरुलाई पोखरी, तालतलाउ तथा वन्यजन्तु आरक्षण क्षेत्रमा मानिसहरुलाई भ्रमणमा रोक लगाइएको छ । महाराष्ट्रका अधिकारीहरुले पछिल्लो दुई दिनमा कम्तीमा ८ सय कुखुराहरु मरेको जानकारी दिएका छन् । उनीहरुका मरेका कुखुराको नमुना सङ्कलन गरी परीक्षण गराउँदा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको पवर्नी जिल्लाका कलेक्टर मधुकर मगलीकरले जानकारी दिएका छन् ।