discharg_province-1.jpg

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ४ सय ८८ जनामा कोरोनाभाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ, भने निको हुनेको कुल सङ्ख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ । र आज देशभर १० जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै देशभर कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ९ सय २७ पुगेको छ ।

यस्तै आज देशभर ५ सय २७ जना कोरोनालाई जितेर घर गएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।