share-market.jpg

काठमाडौं – आज साताको दोस्रो दिन सेयर बजार सानो अङ्कले बढेको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक बढेता पनि धेरै कम्पनीहरुको सेयर बजारको मूल्य भने आज ओरालो लागेकोे छ । कारोबार रकमका आधारमा कमर्सीयल बैंकहरु नै अगाडि देखिएका छन् । आज नेप्से परिसूचक ३ दशमलव ७० अङ्कले बढेर २ हजार २ सय ३९ दशमलव ४२ अङ्कमा पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ९६ अङ्कले बढेको छ । कारोबार रकममा भने त्यति राम्रो देखिएको छैन् । आज दिनभर भएका ४८ हजार ५३ वटा कारोबारबाट २ सय ७ कम्पनीका १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता सेयर किनबेच भएको छ ।

त्यसअनुसार कारोबार रकम ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ सय ९३ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी गराएको छ । कारोबार रकमका आधारमा हेर्दा आज सिद्धार्थ बैंक पहिलो नम्बरमा देखिएको छ । ४ सय ७२ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको सिद्धार्थ बैंकको ४२ करोड ६२ लाख १२ हजार ८ सय १९ रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा प्रभु बैंक २५ करोड १२ लाख ७३ हजार रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ, र तेस्रो स्थानमा एनएमबि बैंकको १८ करोड ६९ लाख ४ हजार रुपैयाँ भन्दा धेरैकोे कारोबार भएको छ । र कारोबार रकमका आधारमा चौथो स्थानमा सिभिल बैंक, पाँचौमा नेशनल लाइफ, छैठौंमा कुमारी बैंक, सातौमा एनआइशी एशिया बैंक, नवौंमा ग्लोबल आइएमई र दशौं स्थानमा प्राइम कमर्शीयल बैंकहरु देखिएका छन् ।