Magar culture.jpg

कैलाली – थारु समुदायको विशेष पर्वको रुपमा चिनिने माघी पर्वको अवसरमा कैलालीस्थित कैलारी गाउँपालिकाले आफ्नो क्षेत्रमा तीन दिन बिदा दिने भएको छ ।

गाउँपालिकाको हिउँदे अधिवेशनले माघी पर्व मनाउनका लागि पुस २९ देखि माघ २ गतेसम्म बिदा दिने निर्णय गरेको हो । थारु समुदायमा माघी पर्वलाई उल्लासका साथ मनाउने गरिन्छ । उक्त गाउँमा थारु बाहुल्यता रहेकाले गाउँपालिकामा तीन दिन बिदा दिने निर्णय भएको गाउपालिकाले जनाएको छ ।