Hridayash-Tripathi_1.jpg

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी माथि हेरफेर गरेका छन् । हिजो आइतबार मन्त्रीस्तरीय निर्णय मार्फत निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको हो । मन्त्रालय स्रोतका अनुसार कान्ति बाल अस्पतालको निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ, भने इडिसीडीका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालय तानिएको छ । कान्ति बाल अस्पतालको जिम्मेवारीमा डा. आरपी बिच्छालाई दिइएको छ ।