sunchadi.jpg

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २ सय रुपैँयामा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार तोलामा रु दुई हजार ३ सय रुपैँयाले ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८ सयले घटेको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७ सय तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५सयमा कारोवार भएको थियो । चाँदी तोलामा रु ४० ले घटेको छ । आइतबार रु एक हजार २ सय ७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २ सय ३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।