ronado.jpeg

काठमाडौं – साबिकको विजेता युभेन्टस इटालियन प्रभावशाली जितसहित सिरी ए फुटबलको चौथो स्थानमा फर्किएको छ । लिग अन्तर्गत हिजो राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३–१ गोलको अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरेका थिए । सासुओलोका लागि डिफ्रेलले एक गोल फर्काए ।

पहिलो हाफको समयको पहिलो मिनेटमा रातो कार्ड पाएर ओबिएङ्ग बाहिरिएपछि सासुओलो १० खेलाडीमा सीमित भयो । डानिलोले ५० औं मिनेटमा गोल गरेर युभेन्टसलाई अग्रता दिलाए । डिफ्रेलले ५८ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि ८२ औं मिनेटमा इन्जुरी समयको दोस्रो अर्थात ९२ औं मिनेटमा रोनाल्डोले गोल गरि युभेन्टसलाई ३–१ को जित दिलाए । जितपछि चौथो स्थानमा पुगेको युभेन्टसको १६ खेलबाट ३३ अङ्क पुगेको छ ।