ezgif-6-8d83724594e0.jpg

काठमाडौं –आज देशभर २ सय ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६४ हजार ७ सउ ८० पुगेको छ । यस्तै आज नेपालमा थप ५ जनाको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ९ सय १७ पुगेको छ । हाल देशभर ४ हजार ४ सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ३ हजार ३ सय ९९ पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८, सुनसरीमा ४, धनुषाका २, सिराहामा ३, काठमाडौँमा ९९, काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा २, कपिलवस्तुमा १९, दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्यूठानमा १, बाँकेमा २, रुपन्देहीमा ६, रोल्पामा २, सुर्खेतमा ३, अछाममा १०, कैलालीमा २, डढेलधुरामा ७ र बझाङमा १२ जना सङ्क्रमित थपिएका छन् ।