1587379442Oli.jpg

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी भारत भ्रमणका बेला सीमा विवादका विषयमा कुरा उठाउने दाबी गर्नुभएको छ । राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले भर्नुभयो परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय अधिकारीहरुसँग वार्ता गर्ने क्रममा नयाँ नक्सामा छापिएको भुभागका बारेमा कुरा उठाउने जानकारी दिर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकबाट नेपालमा भइरहेको भ्रमण स्वाभाविक भएको र उनीहरुले नेपालको भलो चिताउने गरेको समेत उहाले जानकारी दिर्नुभयो ।

‘छिमेकीहरुको भ्रमण हुँदा किन प्रश्न ? सबै आउँछन्, कुरा गर्छन् र भलो चिताउँछन् । हाम्रो तर्फबाट पनि भ्रमणहरु सुरु भएका छन् । परराष्ट्रमन्त्री भारत भ्रमण जाँदै हुनुहुन्छ । नक्सामा छापिएको भुभागलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको उहाले जानकारी दिनुभएको छ ।’