index.jpg

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बसन्त टोल घर भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सदस्य जीवन बमलाई पाँच दिनअघि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा रहेका बममा ज्वरो र खोकी नरोकिएपछि दुई दिनअघि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका सदस्य बमलाई स्वास्थ्यमा असहजता आएपछि आज थप उपचारकालागि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो हो ।