kp+oli.jpg

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको उल्लेख गर्नुभएको छ । आज उहाले राष्ट्रिय सभाको बैठकमा बोल्दै आफुले भारतसँग सकारात्मक रुपमा मित्रता अघि बढाउन प्रयास गरेका कारण नै आफू प्रधानमन्त्री भएका बेला भारतसँगको सम्बन्धबारे बढी चर्चा हुने गरेको बताउर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्नुभयो, ‘कतिपय मानिसहरुले मलाई सोध्ने गर्छन् तपाईं प्रधानमन्त्री भएपछि बहस किन हुन्छ ? भारतसँगको सम्बन्धमा ब्यापक छलफल किन हुन्छ ? म प्रधानमन्त्री भएपछि किन हुन्छ, भने म भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहन्छु, र मित्रतालाई सही अर्थमा गहिराईमा पु¥याई व्यापक बनाउन र नयाँ उचाइँमा लान चाहन्छु ।’

उहाले दुई देशका बिच सार्वभौम सत्ताका आधारमा मनदेखि सम्बन्ध बनाउन खोजेको उल्लेख समेत गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भू–भाग हडपिएको थाहा पाएपनि भन्न नसक्ने, तर सम्बन्ध राम्रो छ भन्ने, भित्र चित्त बुझेको छैन बाहिर राम्रो छ भन्ने भन्दापनि आफ्ना समस्या राखेर त्यसमा छलफल गर्ने र भारतसँग मित्रतापूर्ण तरिकाले कुरा गरेको र त्यसबाट सफलता पनि पाएको उहाले उल्लेख गर्नुभयोे ।

उहाले नेपालको भू–भाग लिम्पियाधुरा समावेश गरेर नक्सा प्रकाशन गरेपछि भारतसँग सम्बन्ध बिग्रन्छकि भनेर केही मान्छेले भने भारतको भूमि समावेश गरेर नक्सा प्रकाशन गरिएकोे भएपो सम्बन्ध बिग्रनेथियो भन्ने टिप्पणी समेत गरे । उहाले सुगौली सन्धीपछि १ सय ४६ वर्ष नेपालले भोग गरेको नक्साबाट गायब पारेको भूमि नक्सामा समेटीएको जानकारी दिनुभयो । उहाले नक्सामा मात्र सिमित हैन व्यवहारमा पनि जमिन फिर्ता ल्याएर छोड्ने उल्लेख समेत गर्नुभयो । सरकारले गरेको यो कामबाट कतिपयलाई छटपटी भएको उहाले आरोप लगार्नुभएको छ ।