sun_chadi.jpg

काठमाडौं – आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । गएको शुक्रबार सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा २ हजार ३ सय रुपैयाँले घटेर सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । भने आज चाँदी तोलामा ६० रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरेहको छ ।