pic-goli-hanahan.jpg

काठमाडौं –बाराको निजगढ नगरपालिका – १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्करहरुबीच गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले भर्नुभयो । ८/ १० जनाको टोलिमा रहेका तस्करहरुले प्रहरीहरलाई देखना साथ गोली चलाएका थिए ,र सो प्रतिकारमा प्रहरीको टोलिले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको हो । त्यसक्रममा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका – ६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरेको छ ।

डीएसपी मिश्रका अनुसार, तामाङको साथबाट १ थान भरुवा बन्दुक र सोहि स्थलबाट ५ वटा सेतो बोराभित्र लुकाई राखेको १ सय २ किलो अवैध लागुऔषध गाँजा पनि बरामद भएको छ । इमानसिंह तामाङविरुद्ध लागुऔषध र हातहतियार खरखजाना नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान सुरु भइरहेको छ । भने अन्य फरार भएका अभियुक्तहरुको खोजी भइरहेको छ ।