Death body.jpg

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी नायबउपरीक्षक इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन ।

स्थानीयवासीले उक्त स्थानमा बिहान मृतअवस्थामा एउटा शव भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी नायवउपरीक्षक रानाको टोली उक्त स्थानमा पुगी शवको मुचुल्का उठाउने काम भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको बारेमा आवश्यक अनुन्धान भैरहेको प्रहरीले जनाएको छ ।