Lionel-Messi-Barcelona photo.jpg

काठमाडौं – स्पानिस ला लिगामा खासै राम्रो प्रदर्शन गर्न नसकेको बार्सिलोनाले आज राती भएको खेलमा ग्रानडामाथि हावी हुँदै ४ गोलले पराजित गरेको छ । यो जितसँग बार्सा तेस्रोस्थानमा उक्लिएको छ । कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई÷दुई गोलको मद्दतले बार्साले बाजिमारेको हो ।

उता दोस्रो स्थानमा रहेको रियल मड्रिड भने ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ । ग्रानडाको मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हालमा ३–० को अग्रता लिएको थियो भने दोस्रो हाफमा एक गोल थप्यो । एन्टोनी ग्रिजम्यानले बार्सिलोनालाई खेलको १२ औं मिनेटमै गोलगरी अग्रता दिलाएका थिए । त्यसैगरी ग्रिजम्यानकै पासमा ३५औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारको ७ मिनेट नबित्दै ४२ औं मिनेटमा मेस्सीले प्रिकिकमा गोल थपे । पहिलो हाफ बछि केही सुस्ताएको बार्सिलोनाका लागि ग्रिजम्यान ६३ औं मिनेटमा एक गोल थपेर ४–० को अग्रता दिलाए ।

खेलको ७८औं मिनेटमा जेसस भालेजो रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ग्रानडा १० खेलाडीमा सिमित भयो । तरपनि बासाले गोल थप्न सकेन । जितपछि बार्सिलोना १८ खेलबाट ३४ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट रियल ३७ अङ्कसहित दोस्रो स्थानमा रहँदा १५ खेलमात्र खेलेको एट्लेटिको मड्रिड ३८ अङ्कका साथ शीर्ष स्थानमा छ ।