KP oli photo.jpg

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कुराको जानकारी राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभएको हो ।

आजको बैठकमा प्रधानमन्त्रीले के सम्बोधन गर्ने विषयका बारेमा उल्लेख गरिएको छैन । प्रतिनिधिसभा विघटनपछि देशमा उत्पन्न नयाँ राजनीतिक अवस्था सिर्जना भएको बेला प्रधानमन्त्री ओली स्वयमले राष्ट्रियसभामा गै सम्बोधन गर्ने बताए पछि आज दिउँसो सम्बोधन गर्ने तय भएको हो ।

पुष ५ गते विघटन आकस्मिक रुपमा प्रतिनिधिसभा विघटन भए पछि प्रधानमन्त्रीको यो कदम असंवैधानिक भन्दै सर्वत्र विरोध भैरहेको छ । यसैक्रममा प्रधानमन्त्रीको संसद् विघटनको निर्णयप्रति राष्ट्रियसभाको बैठकमा तिब्र विरोध भैरहेको छ । प्रधानमन्त्रीको आजको सम्बोधन त्यसै विषयमा केन्द्रीत हुने देखिन्छ ।