madi-thapa-1536x960.png

काठमाडौँ – खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले पार्टी भित्रबाट प्रधानमन्त्रीमाथि कु गर्न खोजेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नपरेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रधानमन्त्रीलाई हटाएर कु गर्न खोजिएपछि प्रधानमन्त्रीले ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । देशलाई क ुको बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोज्नु भएकोले अब चुनावको विकल्प नभएको दाबी गरेका छन् ।

मन्त्री थापाले आफू मन्त्री पद पाउनकै लागि प्रचण्डलाई धोका नदिएको समेत बताएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको समेत बताए । आफूलाई मन्त्री बन्ने कुरा ठूलो नभएको तर देशलाई अस्थिरताबाट जोगाउन मन्त्री बनेको उल्लेख गरेका छन् । उनले प्रतिनिधिसभा विघटन सम्बन्धी कदम कानूनी भन्दा पनि राजनीतिक निर्णय भएकोले राजनीतिक निर्णय गर्ने अधिकार लोकतन्त्रमा प्रधानमन्त्रीलाई हुने दावी समेत गरेका छन् ।